२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

एलिमिनेटर खेलमा विराट कोहलीको टोली आरसीबी आरआरसँग पराजित

काठमाडौं । आईपीएल २०२४ को एलिमिनेटर खेलमा राजस्थान रोयल्सले विराट कोहलीको रोयल च्यालेन्जर्स बैंग्लोरलाई ४ विकेटले हराएको छ । १९ ओभरमा मात्र ६ विकेटको क्षति व्यहोर्दै राजस्थान रोयल्सले आरसीबीले दिएको १७३ रनको लक्ष्य पूरा गर्यो ।

यससँगै बैंग्लोरको लगातार ६ खेल जित्ने यात्रा पनि समाप्त भएको छ । पहिले ब्याटिङ गरेको बैंग्लोरले २० ओभरमा आठ विकेट गुमाएर १७२ रन बनाएको थियो । जवाफमा राजस्थानले १९ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।

योसँगै राजस्थानको टोली क्वालिफायर २ मा पुगेको छ । अब मे २४ मा उसले अर्को नकआउट खेलमा सनराइजर्स हैदरावादको सामना गर्नेछ । उक्त खेल जित्ने टोलीले मे २६ मा हुने फाइनलमा राजस्थान रोयल्ससँग खेल्नेछ ।

प्रकाशित मिति : २०८१ जेष्ठ ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस