२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अब मृत्युकै भयो अन्त्य: अरु रोगले मरेका मानिसको टाउको एआई जडित मेसिनले फेर्ने ! [भिडिओसहित]

काठमाडौं । सायद यो दिन आउँछ भन्ने कसैलेपनि कल्पना गर्न सकेका थिएनन् होला ! एआईको अकल्पनीय विकाससँगै अब मानिसको मृत्युलेपनि माथ खाएको छ । कुनै कारणले टाउकोमा चोट लाग्यो र मस्तिष्क काम नलाग्ने भयो भने, अब अरु रोग लागेर मृत्यु भएका तर घाँटी भन्दा माथीको भाग ठिक भएका मानिसको टाउको जोडिने छ ।’

संयुक्त राज्य अमेरिकाको अग्रणी न्यूरोसाइन्स र बायोमेडिकल ईन्जिनियरिङ् स्टार्टअप ब्रेनब्रिजले अब संसारको पहिलो हेड (टाउको) प्रत्यारोपण प्रणाली विकास गर्न आफ्नो मिशन सुरू गरेको छ। एक व्यक्तिको टाउको अर्को व्यक्तिमा कसरी प्रत्यारोपण गर्न सकिन्छ भन्ने भिडियो मार्फत जानकारी सामाजिक सञ्जालमा पनि शेयर गरिएको छ ।

यस प्रकारको हेड (टाउको) प्रत्यारोपणपछि मानव मस्तिष्कले पूर्ण रूपमा काम गर्ने दाबी गरिएको छ । यो चिकित्सकहरुले मात्र हैन, एआईको निर्देशनमा चल्ने मेसिनले प्रत्यारोपण गर्ने र अधिक प्रतिशत नतिजा सफल निकाल्ने दाबी गरिएको छ । अर्काको मस्तिष्क राखिएपछि उक्त प्रत्यारोपण गरिएका व्यक्तिसँग आफ्नै पुराना सम्झनाहरू रहने कम्पनी (ब्रेनब्रिज) को दाबी छ । यो मिसन चाँडैं पूरा हुने कम्पनीले जनाएको छ । टाउको प्रत्यारोपणपछि मानिस पहिले जस्तै पूर्ण रूपमा काम गर्ने बताइएको छ । जसरी पहिले मानिस स्वस्थ शरीर र दिमागले काम गर्थे त्यसरी नै टाउको प्रत्यारोपणपछि काम गर्ने छन् । यो सम्भव हुने कुरा गरिरहेको हो अनुशन्धानको निश्कर्ष निकाल्ने विज्ञले भनेका छन् ।’

अहिले उक्त भिडियो हेर्नेहरु अचम्ममा परेका छन् । मेसिनले यति सजिलै र सहज तरिकाले अत्याधिक छिटो अप्रेसन गरेको देखाइएको छ की, त्यो देखेर मानिसहरु चकित बनिरहेका छन् ! सामाजिक सञ्जालमा शेयर गरिएको टाउको प्रत्यारोपणको उक्त भिडियो देखेर सबै छक्क परेका छन् । धेरैले यो पनि भनिरहेका छन्, के यस्तो हुन सक्छ ? सामाजिक सञ्जालमा एआई मार्फत एउटा शरीरबाट टाउको हटाएर अर्को शरीरमा राख्ने काम भइरहेको भिडियोमा देखाइएको छ । त्यसपछि मेसिनको माध्यमबाट हरेक नशा र रेसा-रेसासहित टाउकोमा जोडिन्छ। त्यसको केही समयपछि उक्त व्यक्ति सहजै उठ्छन् ।

ब्रेनब्रिजले यो दाबी गरेको छ की क्यान्सर, पक्षाघात र मस्तिष्क कमजोर पार्ने न्यूरोडिजेनेरेटिभ रोगहरू जस्ता देखिने दुर्लभ अवस्थाबाट पीडित बिरामीहरूलाई यो मिशन आशाको किरण प्रदान गर्ने दिन हो । यो लक्ष्य पूरा नै गर्ने उद्देश्यका साथ आफ्ना प्रयासहरूमा वैज्ञानिकहरु खोजमा दृढतापूर्वक लागि रहेको दाबी कम्पनीको छ ।

अल्जाइमर र पार्किन्सन्समा पहिलो हेड ट्रान्सप्लान्ट प्रणालीले टाउको र अनुहार प्रत्यारोपण गर्न रोबोटिक्स र एआई प्रयोग भइसकेको छ । तर अब क्यान्सर र न्यूरोडिजेनेरेटिभ रोगहरू जस्ता गम्भीर अवस्था भएका मानिसहरू जसको घाँटीभन्दा माथीको सबै हटाएर अर्को जोड्न यो अत्यन्तै आशाको किरण हो विज्ञले भनेका छन् । जन्मजात डिर्सअर्डर अवस्थाका व्यक्तिमापनि टाउको प्रत्यारोपण गरेर नयाँ जीवन दिन सकिन्छ । निको नै नहुने अवस्थाका पागलपनबाटपनि मुक्ति दिन यो उपाय सही हुनेछ कम्पनीको दाबी छ । दुर्घटनाबाट मस्तिष्क पूर्ण रुपमा क्षति भएका व्यक्तिहरुलाईपनि टाउको प्रत्यारोपण गराएर पुर्नजीवन दिन सकिन्छ कम्पनीले भनेको छ ।

यसमा डोनरहरुले जसरी अहिले शरीरका विभिन्न अंगहरुको दान मृत्युपछि निकाल्न दिन्छन् । त्यसरी नै दान गरिएका व्यक्तिको टाउको सहित नबिग्रिनेगरी स्टोर गरिन्छ । उक्त टाउकोलाई प्रत्यारोपण गर्न आवश्यक व्यक्तिले चाहेमा ल्याएर जीवित व्यक्तिको घाँटीभन्दा माथी हटाएर सही मस्तिष्क भएको टाउको जोडिन्छ ।

 

प्रकाशित मिति : २०८१ जेष्ठ १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस