२०८१ साउन ११ गते शुक्रवार | 2024 July 26th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

केपी ओलीले ल्याए ‘चान्स पायो कि नेपालीले गर्छ’ खेलकुद गीत, सन्दीप प्रमुख नायक (भिडियो)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीको शब्द रहेको गीत सार्वजनिक भएको छ । क्रिकेट प्रेमीहरूको ध्यान विश्वकपमा केन्द्रित भइरहेको बेला ओलीले ‘चान्स पायो कि नेपालीले गर्छ’ बोलको गीत सार्वजनिक गरेका हुन् ।

ओलीको रचनामा सार्वजनिक भएको गीतमा सशस्त्र प्रहरीका ईन्स्पेक्टर पृथ्वी खनालको संगीत र स्वरमा सुन्न सकिन्छ । उनलाई गितमा आर.सी रिमालले साथ दिएका छन् । त्यस्तै साहस शाक्यको संगीत संयोजन रहेको छ ।

एक दशकपछि टी२० विश्वकप खेल्न लागेको नेपाली टोलीलाई शुभकामनाको साथै हौसला बढाउन गित सार्वजनिक गरिएको हो । गायक खनालले बिहीबार आफ्नै युट्युब च्यानलबाट गीत सार्वजनिक गरेका हुन् ।

 

प्रकाशित मिति : २०८१ जेष्ठ १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस