२०८२ मङ्सिर २८ गते शनिवार | 2025 December 13th Saturday

१८ खर्ब ६० अर्ब ३१ करोडको बजेट प्रस्तुत, पूर्ण पाठमा के–के छ ? [पूर्णपाठसहित]

५ खर्ब ४७ अर्ब घाटा

काठमाडौंं । सरकारले १८ खर्ब ६० अर्ब ३१ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको छ। अर्थमन्त्री वर्षमान पुनले मंगलबार संसद्‌को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष (आव) २०८१/८२ का लागि उक्त आकारको बजेट प्रस्तुत गरेका हुन्।

यो चालु आवको तुलनामा ६.२ प्रतिशतले धेरै हो। यो संशोधित बजेटभन्दा २१.५६ प्रतिशत धेरै हो। यस वर्ष सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट ल्याएको थियो।

nimb
सरकारले चालु बजेट ११ खर्ब ४० अर्ब ६६ करोड विनियोजन गरेको छ। यो कुल विनियोजनको ६१.३१ प्रतिशत हो। पूँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड विनियोजन भएको छ। यो कुल बजेटको १८.९४ प्रतिशत हो। वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब १८ करोड विनियोजन भएको छ। यो कुल बजेटको १९.७४ प्रतिशत हो।

सरकारले आगामी आर्थिक वर्षका लागि झण्डै साढे ५ खर्ब रुपैयाँ बराबरको घाटाको बजेट ल्याएको छ। चालु आर्थिक वर्षको तुलनामा ६.२ प्रतिशतले ठूलो आकारको बजेट ल्याएको सरकारले ५ खर्ब ४७ अर्ब ६७ करोड रुपैयाँको घाटाको बजेट ल्याएको हो।

 

प्रकाशित मिति : २०८१ जेष्ठ १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस