२०८३ जेष्ठ १२ गते मङ्गलवार | 2026 May 26th Tuesday

कांग्रेस पदाधिकारी बैठकको निष्कर्ष, सरकारको रवैयाले सदन पनि नचल्ने, समिति पनि नबन्ने देखियो

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारीको बैठकले सोमबार १ बजे बस्नेगरी दलको बैठक बस्ने निर्णय गरेको महामन्त्री गगन थापाले बताए।

बैठकले सरकार सदन पनि चल्न नदिने र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि लागेको सहकारी ठगी प्रकरणको छानविन समिति पनि नबनाउनेतर्फ उद्दत भएको निष्कर्ष निकालेको बताए।

उनले भने, ‘संसदको गतिरोध पनि अन्त्य होस् हाम्रो माग पनि पूरा होस् भनेर लचकता राख्दा पनि सरकारले जुन खालको रवैया प्रस्तुत गर्यो सभामुखले पनि संसदको अवरोध अन्त्य गर्नको लागि संवेदनशिल हुनुपर्ने हो।

प्रतिपक्ष दलले सदासयता राख्दा पनि त्यसको नजरअन्दाज गर्ने काम भयो। यो हाम्रो लागि अप्रत्यासित भयो। हामी चाहिने भन्दा लचकता भइरहेका छौं। गृहमन्त्रीले बोल्न पाउनुपर्छ भन्नुभयो उहाँको कुरा सुन्ने हो भन्दैगर्दा जबरजस्ती कार्यसूचीमा प्रवेश गर्ने काम भयो। संसद पनि चल्न नदिने छानविन समिति पनि बन्न नदिनेतर्फ उद्दत भएको निष्कर्ष रह्यो।’

उनले संसदमा प्रस्तुत हुने विषयमा संसदीय दलको बैठकले निर्णय गर्ने बताए। उनले आफ्नो मागबाट पछि कांग्रेस नहट्ने बताए।

प्रकाशित मिति : २०८१ बैशाख २९ गते शनिवार
प्रतिक्रिया दिनुहोस