२०८३ असार १४ गते आइतवार | 2026 June 28th Sunday

आज झन ह्वात्तै बढ्यो सुनको मूल्य [ सूचीसहित ]

Gold Price Today Nepal

काठमाडौं, जेठ ३ गते । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ। सुनको मूल्य प्रतितोला एक हजार ६०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बुधबार प्रतितोला एक लाख ३८ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार एक लाख ४० हजार पुगेको छ। तेजाबी सुन भने प्रतितोला एक लाख ३९ हजार ३०० रुपैयाँ रहेको छ। अघिल्लो दिन एक लाख ३७ हजार ७५० रुपैयाँ थियो।

यसैगरी, चाँदीको मूल्य पनि बढेको छ। चाँदी प्रतितोला एक हजार ८०५ रुपैयाँ तोकिएको छ। बुधबार एक हजार ७४५ रुपैयाँ थियो।

 

प्रकाशित मिति : २०८१ जेष्ठ ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस