२०८१ साउन ११ गते शुक्रवार | 2024 July 26th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

तिलगंगा अस्पतालमा मेनुकाको आँखामा राखियो ‘कस्मेटिक प्रोथेस्टिक’

काठमाडौं । गायिका मेनुका पौडेलको आँखामा ‘कस्मेटिक प्रोथेस्टिक’ भनिने कृत्रिम आँखा राखिएको छ । केही दिनअघि तिलगंगा अस्पतालकी वरिष्ठ अकुप्लास्टिक सर्जन डा. पूर्णिमा राजकर्णिकार लगायतको समूहले कृत्रिम आँखा राखेको हो ।

‘कस्मेटिक प्रोथेस्टिक’ राखिएपनि मेनुकाको दृष्टि चाहिं फिर्ता नआउने अस्पतालका वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतले बताए । ‘यो फङ्सनल होइन, चस्मा खोलेर बाहिरबाट हेर्दा उहाँको आँखा अलि राम्रो देखियोस् भनेर कस्मेटिक प्रोथेस्टिक राख्या हो,’ उनले भने ।

सर्वसाधारणले बुझ्ने भाषामा यो सर्जरीलाई बाहिरबाट हेर्दा खाल्डोलाई पुरेको मात्र भन्न सकिने रुइतको भनाइ छ । ‘उहाँको दृष्टिमा सुधार आउने सम्भावना त छैन । तर कस्मेटिक प्रोथेस्टिक सर्जरी नै हो । चस्मा खोल्दा उहाँलाई सहज हुन्छ,’ उनले भने । उनका अनुसार प्रोथेस्टिक राखेपछि मेनुकालाई अब चस्मा लगाउन जरुरी छैन ।

अहिलेसम्म बनेको प्रविधिले मेनुकाको आँखामा दृष्टि फिर्ता ल्याउन नसक्ने डा. रुइतले बताए । ‘अहिलेसम्मको प्रविधिले उहाँमा ज्योति फिर्ता ल्याउँदैन । प्रविधि बलियो भएर आयो भने भविष्यमा आउला,’ उनले भने, ‘उहाँको आँखामा ज्योति आउँदैन भनेर मैले पहिला पनि भनेको हुँ । यो कुरामा अहिले पनि म कायम छु । यसअघि इण्डियन आइडलको सिजन १४ मा पनि मेनुकालाई एआई जडित चस्मा प्रदान गरिएको थियो ।’

प्रकाशित मिति : २०८१ जेष्ठ २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस