२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

गाँजाको व्यावसायिक उत्पादनको कानुनी बाधा तत्काल हटाउन निर्देशन

२५ जेठ, काठमाडौँ । गाँजाको व्यावसायिक उत्पादन र अध्ययन अनुसन्धानका लागि कानुनी रुपमा सहज बनाउन सरकारलाई संसदीय समितिले निर्देशन दिएको छ । आज बसेको प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले सरकारलाई यस्तो निर्देशन दिएको हो । समिति बैठकमा बोल्दै समिति सभापति डा आरजु राणाले बजेटमा उल्लेख गरेको ‘गाँजा व्यावसायिक उत्पादन गर्ने कानुन निर्माण गर्ने विषयलाई कार्यान्वयन सहज वातावरण बनाउन गृह र अर्थ मन्त्रालयलाई अनुरोध गरिन् ।

गाँजा खेतीका विषयमा सबै नागरिकलाई सरकारले गरिरहेको काम र नीतिका विषयमा चासो बढाएको बताइन् । उनले गृह मन्त्रालयबाट सुरु हुने पर्ने प्रथम पाइलालाई मन्त्रालयले एक महिना भित्र नियमावली बनाउने प्रतिबद्धता सकारात्मक भएको बताइन् । उनले एक महिना भन्दा पनि आगामी भाद्र महिनासम्म गृहमन्त्रालयले बनाउने नियमावली बनाएर समितिलाई बुझाउन आग्रह गरिन् ।

प्रकाशित मिति : २०८१ जेष्ठ २५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस