२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कान्तिपुर अध्यक्ष कैलास सिरोहियाका छोराको भिडियो अपलोड गर्दा सेतोपाटीलाई तीन घण्टामा १७ सय गाली

काठमाडौं । सेतोपाटी डटकमको आधिकारीक फेसबुक पेज सेतोपाटीमा केही समयअघि कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाका छोरा सम्भव सिरोहियाको व्यक्तिगत भिडियो अपलोड भएको छ । उनी कान्तिपुर मिडिया ग्रुपको प्रबन्ध निर्देशकपनि हुन् । गृहमन्त्री रवि लामिछाने लक्षित उक्त भिडियो सिरोहियाको अदालतमा विचाराधिन रहेको नागरिकता विवाद र लामिछानेको सहकारी प्रकरण सम्बन्धमा छ ।

यी विषयमा सम्भवले नितान्त व्यक्तिगत वक्तव्य दिए जस्तो भिडियो सेतोपाटीमा अपलोड भयो । त्यसपछि अपलोड भएको तीन घण्टामा १७ सयले प्रतिक्रिया दिएका छन् । ती लगभग १७ सयमा नै गाली छ । रिसाएको रियाक्टकोपनि बर्षा छ । सम्भवको तस्विर विगारेर विभिन्न मेमहरुपनि बनाइएका छन् ।

प्रकाशित मिति : २०८१ जेष्ठ २५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस