२०८१ साउन ११ गते शुक्रवार | 2024 July 26th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नगर प्रहरी कुट्नेलाई छाड्न माग गर्दै विद्यार्थीले एउटा गाडी जलाए, ५ वटा तोडफोड

२७ जेठ, विराटनगर । मोरङको रंगेली नगरपालिकाका नगरप्रहरीमाथि आक्रमण गर्ने समूहलाई छाड्न माग गर्दै विद्यार्थीको समूहले विराटनगरमा सरकारी गाडी जलाएका छन् । आइतबार बिहान प्रदेश योजना आयोगको को१झ ६४४ नम्बरको गाडी जलाएका हुन् । विद्यार्थीको समूहले नेपाल विद्युत प्राधिकरणका पाँच वटा गाडी पनि तोडफोड पनि गरेका छन् ।

बिहीबार नेपाल विद्यार्थी संघको एउटा समूहले रंगेली नगरपालिकाका कार्यवाहक मेयर एवम् रंगेली-८ का वडाध्यक्ष ढकप्रसाद आचार्य र प्रमुख प्रशासकीय अधिकृत ओमकारप्रसाद न्यौपानेमाथि दुर्व्यवहार गर्दै नगरप्रहरीमाथि हातपात गरेको थियो । सो घटनामा संलग्न भएको आरोपमा प्रहरीले ६ जना विद्यार्थीलाई पक्राउ गरेको थियो । उनीहरु सबै नेविसंघका हुन् ।

विद्यार्थी पक्राउको विरोधमा महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरका विद्यार्थीले शुक्रबार दिउँसो कोशी राजमार्ग केही समय अवरुद्ध गरेका थिए । आइतबार बिहान प्रदर्शन गरेका विद्यार्थीले महेन्द्र मोरङ कलेज अगाडि गुडिरहेको प्रदेश योजना आयोगको गाडीमा ढुंगामुढा गरे, ड्राइभर गाडीबाट निस्किएपछि आगजनी गरे । आजगनीबाट गाडी पूर्ण रुपमा जलेको प्रहरीले जनाएको छ ।

विद्यार्थीको समूहले आगजनी गर्नुअघि नेपाल विद्युत प्राधिकरणको पाँच वटा गाडी तोडफोड गरेका थिए । कन्जनजंगा पार्टी प्यालेस अगाडि रोकेर राखेको प्राधिकरणको बा१ञ १८८७, को१ञ २४१९, प्रदेश १-००१ ञ २७०१, प्रदेश १-००१ ञ २७९०, ८१८० नम्बरको गाडी तोडफोड गरेका थिए । तोडफोडबाट गाडी फुटेको शिशा फुटेको छ ।

रंगेलीमा निजी विद्यालयले मनोमानी शुल्क लिएको र शिक्षक छनोटमा मनपरी गरको भन्दै जेठ १३ गते नेविसंघले ज्ञापन पत्र बुझाएका थिए । तर, नगरपालिकाले चासो नदिएपछि विद्यार्थीको समूह बिहीबार हातपातमा उत्रिएको थियो । घटनामा संलग्न भएको आरोपमा प्रहरीले रंगेली–६ का २३ वर्षीय दीपक यादव, २० वर्षीय राहुल यादव, रुकुम यादव, रंगेली–७ का १८ वर्षीय रमणकुमार राय, रंगेली–८ का १९ वर्षीय विषेक झा र रंगेली–२ का मिलन मिश्रलाई पक्राउ गरेको थियो । दीपक नेविसंघबाट महेन्द्र मोरङ स्ववियु सदस्य निर्वाचित भएका थिए ।

प्रकाशित मिति : २०८१ जेष्ठ २७ गते आइतवार
प्रतिक्रिया दिनुहोस