२०८१ साउन ११ गते शुक्रवार | 2024 July 26th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अनुहारमा रगत देखिएका पहिचान हुन नसकेका पुरुषको शव वीरगञ्जमा फेला

Crime murder

२८ जेठ, काठमाडौं । पर्साको वीरगञ्ज महानगरपालिका–१६ शंकराचार्य गेटस्थित खुला चौरमा एक जना पुरुषको शव फेला परेको छ । आइतबार साँझतिर खुला चौरमा एक जना व्यक्ति मृत फेला परेको भन्ने सूचना पाएपछि प्रहरी घटनास्थल पुगेको थियो ।

कालो रंगको सर्ट, निलो रंगको टिसर्ट, कालो रंगको जिन्स पाइन्ट र खैरो रंगको जुत्ता लगाएका व्यक्तिको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । करिब २५–३० वर्षको देखिने ती व्यक्तिको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । शव मुचुल्का गरी नारायणी अस्पतालको शवगृहमा राखिएको छ । मृत भेटिएका ती व्यक्तिको अनुहारमा रगत देखिएको छ । घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस