२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

शेयर बजार २१ सय विन्दु माथि पुग्यो, कारोवार रकम कति ?

२९ जेठ , काठमाण्डौँ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक १.५९ प्रतिशत अर्थात ३३.१५ अंकले बढेर २ हजार ११५.२४ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.१३ प्रतिशतले बढेर ३७३.२३ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३११ वटा कम्पनीको १ करोड २६ लाख ६५ हजार ३२९ कित्ता सेयर ५ अर्ब ५५ करोड ५३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

यो दिन नेप्सेमा सूचीकृत १३ वटै समूहमा हरियाली छाएको छ । आज हाईड्रो समूहमा सबेभन्दा धेरै वृद्धि देखियो । यो समूह आज २.५८ प्रतिशतले बढ्यो ।
त्यस्तै आज बैंकिङ समूह १.७३ प्रतिशत, विकास बैंक १.४२, वित्त २.१६,होटल ०.५९,लगानी १.०९,जीवन बीमा २.४०,उत्पादन तथा प्रशोधन ०.४०,लघुवित्त १.०५,म्युचुअल फण्ड ०.५०,निर्जीवन बीमा २.१९,अन्य ०.५३ र व्यापार समूह २.१२ प्रतिशतले बढेको छ ।

 

प्रकाशित मिति : २०८१ जेष्ठ २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस