२०८३ असोज ६ गते मङ्गलवार | 2026 September 22nd Tuesday

लघुवित्तपीडित संघर्ष समिति पुनः आन्दोलनमा उत्रिने

३१ जेठ, काठमाडौँ । सरकारले आफूहरूसँग गरेको सहमति कार्यान्वयन नगरेको भन्दै लघुवित्तपीडित संघर्ष समिति पुनः आन्दोलनमा उत्रिने भएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिले सरकारले दुई महिनाभित्रै समस्या समाधान गर्ने गरी सहमति गरे पनि कार्यान्वयन गर्न बेवास्ता गरेको भन्दै आन्दोलन गर्ने घोषणा गरेको हो ।

संघर्ष समितिका अध्यक्ष मनिराम ज्ञवालीले सहमतिविपरीत लघुवित्तपीडितलाई कालोसूचीमा राख्ने, धितो लिलामको धम्की दिनेलगायत काम भएकाले पुनः आन्दोलनको तयारी गर्नुपरेको जानकारी दिए ।

प्रकाशित मिति : २०८१ जेष्ठ ३१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस