२०८३ जेष्ठ ११ गते सोमवार | 2026 May 25th Monday

काठमाडौंमा गुडिरहेको बसबाट धुँवाको मुस्लो निस्किएपछि…

काठमाडौं । काठमाडौंको नयाँबानेश्वरमा गुडिरहेको एक बसबाट धुँवाको मुस्लो निस्किएपछि बसलाई रोकेर यात्रुहरुलाई ओरालिएको छ । इन्जिनबाट धुँवाको मुस्लो निस्किन थालेपछि बसलाई रोकेर यात्रुहरु ओरालिएको र मेकानिक्स बोलाएर मर्मतको काम भइरहेको प्रहरीले जनाएको छ।

भक्तपुरबाट काठमाडौंको रत्नपार्क जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९५५४ नम्बरको बस नयाँबानेश्वरस्थित संसद भवन नजिक आइपुग्दा धुँवैधुवाँ भएको थियो । के कारणले यस्तो भएको हो अनुशन्धान भइरहेको छ ।

 

प्रकाशित मिति : २०८१ साउन ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस