२०८३ असार १४ गते आइतवार | 2026 June 28th Sunday

आज ह्वात्तै बढ्यो सुनको मूल्य

Today Gold price in Nepal

काठमाडौं । सुनको मूल्य पुन: बढेको छ। अघिल्लो दिनको भन्दा आज तोलामा १ हजार ८०० रुपैयाँले बढेको हो।

बुधबारका लागि सुनको कारोबार मूल्य प्रति तोला एक लाख ४७ हजार ८०० रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबार तोलामा १०० रुपैयाँले घटेर प्रति तोला एक लाख ४६ हजार रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेको छ। बुधबार चाँदी प्रति तोला एक हजार ७८० रुपैयाँ पुगेको छ। मंगलबार चाँदी तोलामा १० रुपैयाँले घटेर प्रति तोला एक हजार ७४० रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस २४१९.६६ डलर पुगेको छ। मंगलबार सुन प्रतिऔंस २३८६.८ डलर थियो। अन्तर्राष्ट्रिय बजारमा चाँदीको भाउ पनि बढेको छ। मंगलबार प्रतिऔंस २७.९२ डलर रहेको चाँदी बढेर आज २८.५९ डलर तय भएको छ।

 

 

प्रकाशित मिति : २०८१ साउन १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस