२०८३ बैशाख ३ गते बिहिवार | 2026 April 16th Thursday

रेकर्ड तोड्दै उच्च विन्दुमा पुगेको सुनको मूल्य आज फेरि ह्वात्तै घट्यो

Gold Price Today Nepal

काठमाडौं । रेकर्ड तोड्दै उच्च विन्दुमा पुगेको सुनको मूल्य आज फेरि घटेको छ । बुधबार अघिल्लो दिनको भन्दा तोलामा ८०० रुपैयाँ बढेर सुन हालसम्मकै उच्च मूल्यमा पुगेको थियो । आज कारोबार दिन बिहिबार नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार १ सय रुपैया घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको कारोबार मूल्य प्रतितोला एक लाख ५१ हजार रुपैयाँ निर्धारण भएको छ। बुधबार सुन तोलामा ८०० रुपैयाँले बढेर प्रतितोला एक लाख ५३ हजार रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी, यो दिन चाँदीको मूल्य तोलाको १ हजार ८३० रुपैयाँमा कायम भएको छ । बुधबार दिन यसको मूल्य प्रतितोला १ हजार ८३५ रुपैयाँ कायम थियो । यसैगरी,महासंघका अनुसार आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख ३० हजार २ सय ३० रुपैयाँ तोकेको छ । त्यस्तै प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ५६९रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : २०८१ भाद्र ६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस