२०८३ भाद्र ३० गते मङ्गलवार | 2026 September 15th Tuesday

प्रचण्डलाई बास्कोटाको ब्यांग्य, स्वीट्जरल्याण्ड बनाउँछु भन्थे, बंगलादेश बनाउँछु भनेर तर्साउँदैछन्

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता बर्बराहट गर्दै हिँडेको बताएका छन्। सत्ता गुमेको आक्रोशमा प्रचण्डले बंगलादेश बनाउँछु भनेर तर्साउँदै हिँडेको उनको भनाइ छ।

उनले भनेका छन्, ‘प्रचण्ड बंगलादेश बनाउछु भनेर तर्साउदै छन्, पहिला स्वीट्जरल्याण्ड बनाउछु भन्थे। तासेलाई तासै चपाउन, जाडेलाई थाममा बाधेर भाटा र महिला हिंसा गर्नेलाई कोरा हान्थे। आज ती क्रान्तिकारी उनैसँग छैनन र कयौ त आफै जाडे, जुवाडे र महिला हिंसाका नमुना बनिसके। फगत सत्ता गएको बर्बराहट हो, उनको कर्कस।’

कांग्रेस एमाले मिलेपछि आफू नेतृत्वको सरकार ढलेपछि प्रचण्डले पछिल्लो समय बंगलादेश घटनाको उदाहरण दिँदै हिँड्ने गरेका छन्।

 

 

प्रकाशित मिति : २०८१ भाद्र २२ गते शनिवार
प्रतिक्रिया दिनुहोस