२०८३ असोज ६ गते मङ्गलवार | 2026 September 22nd Tuesday

सन्दीप लामिछाने र ललितको विकेटमा क्यानडालाई आफ्नै मैदानमा मुस्किल

Lalit Rajbangshi And Sandeep Lamichhane

काठमाडौं । आइसिसी मेन्स विश्वकप लिग– २ को तेस्रो शृंखलामा नेपालले क्यानडाको सामना गरिरहेको । घरेलु टोली क्यानडाविरुद्धको पहिलो खेलमा नेपालले पहिला फिल्डिङ गर्यो । सन्दीप लामिछाने र ललित राजवंशीको विकेटमा क्यानडालाई आफ्नै मैदानमा नेपालले मुस्किल सृजना गरेको छ ।

क्यानडाविरुद्ध नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन्। ताजा अवस्थामा क्यानडाले २०.३ ओभरको खेल सकिँदा दुई विकेट गुमाएर ६५ रन बनाएको छ।

नेपालका लागि ललित राजवंशीले आफ्नो स्पेलको पहिलो बलमै विकेट लिएका हुन्। त्यसपछि स्टार बलर सन्दीप लामिछानेले दोस्रो विकेट लिए । क्यानडाले खासै राम्रो रन जोड्न सकेको छैन । नेपाली टिकको प्लेइङ ११ मा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, सन्दीप लामिछाने, करण केसी, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, आसिफ शेख र सोमपाल कामी छन्।

प्रकाशित मिति : २०८१ भाद्र ३१ गते सोमवार
प्रतिक्रिया दिनुहोस