२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

रास्वपाका सभापति लामिछानेलाई भोलि काठमाडौं ल्याइँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भोलि काठमाडौं ल्याइने भएको छ।

सहकारी ठगीको अभियोगमा पक्राउ परेका रविलाई पोखरामा बयान सकिएकाले काठमाडौँ ल्याउन लागिएको हो।

रविको सचिवालयका अनुसार उनलाई काठमाडौँ ल्याउन बुद्ध एयरको भोलि बिहान साढे आठ बजेको टिकट बुकिङ समेत गरिएको छ।

कास्की जिल्ला अदालतले आइतबार थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएपछि उनलाई काठमाडौँ ल्याउन लागिएको हो। काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी अनुसन्धानका लागि उनको बयान लिइनेछ। बयान गराएर फेरि पोखरामै फर्काइने छ।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा उनी कात्तिक २ पक्राउ परेका थिए।

प्रकाशित मिति : २०८१ मङ्सिर १० गते सोमवार
प्रतिक्रिया दिनुहोस