२०८३ असोज ५ गते सोमवार | 2026 September 21st Monday

स्वर्णलक्ष्मी सहकारी प्रकरण: लामिछानेको बयान जारी

काठमाडौं । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग बयान लिन सुरू गरेको छ।

स्वर्णलक्ष्मी सहकारी संस्था कालिमाटीका बचतकर्ताको रकम ठगी गरेको आरोपमा लामिछानेसँग सरकारी वकिलले बयान थालेको हो।

स्वर्णलक्ष्मी सहकारी ठगीमा ६८० जनाको जाहेरीमा एक अर्ब ११ करोड ८५ लाख ३८ हजार ४८८ रुपैयाँ बिगो दाबी गरिएको छ। त्यसमा २४ जना प्रतिवादी छन्। तीमध्ये छवि, रवि, रम्तेल, सुनिता नेवा: र कमल लामा पक्राउ परेका छन्। यसमा सञ्चालक जिबी राई भने फरार छन्।

प्रकाशित मिति : २०८१ मङ्सिर १४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस