२०८३ असार १४ गते आइतवार | 2026 June 28th Sunday

यू–१९ एसिया कप अन्तर्गत नेपालले ब्याटिङ गर्दै

काठमाडौं । संयुक्त अरब इमरेट्स (यूएई)मा जारी १९ वर्षमुनिका खेलाडी सम्मिलित (यू–१९) एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत बङ्गलादेशविरुद्धको खेलमा नेपालले टस हारेको छ।

यूएईको दुबई क्रिकेट रङ्गशालामा बङ्गलादेशका कप्तान अजिजुल हकिमले टस जितेर पहिला फिल्डिङ गर्ने भएका छन् भने नेपालले ब्याटिङ गर्नेछ। एसिया कपको पहिलो खेलमा नेपाल श्रीलङ्कासँग पराजित भएको थियो।

बङ्गलादेशलाई हराउँदै नेपाल पहिलो जितको खोजीमा छ। पहिलो खेलमा अफगानिस्तानलाई हराएको बङ्गलादेश प्रतियोगिताको दोस्रो जितको खोजीमा छ।

नेपाल, यूएई र जापान गत वर्ष मलेसियामा भएको एसीसी प्रिमियर कपको शीर्ष तीनमा रहेर छनोट भएका हुन्। गत वर्षको अक्टोबरमा भएको उक्त प्रतियोगितामा युएईलाई हराउँदै नेपाल च्याम्पियन भएको थियो।

प्रतियोगितामा सहभागी आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। नेपालसहित श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान समूह ‘बी’मा छन्। भारत, पाकिस्तान, जापान र युएई समूह ‘ए’मा छन्।

प्रकाशित मिति : २०८१ मङ्सिर १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस