२०८३ भाद्र १८ गते बिहिवार | 2026 September 3rd Thursday

अब कुनै पनि रोगका लागि उपचार गर्न विदेश जानु पर्दैन् : महामन्त्री थापा

Gagan Thapa apologised, saying it was a serious mistake

काठमाडौं। नेपाली काँग्रेसका महामन्त्री गगन थापाले नेपालमा अब सबै प्रकारका रोगको उपचार सम्भव भएको दाबी गरेका छन्। उनले देशमा स्वास्थ्य सेवाको सुधार र पूर्वाधारको विकासका कारण नेपालमै उपचार सम्भव भएको तर्क गरेका हुन्।

बुधबार प्राडा. यज्ञप्रसाद अधिकारीको जीवन संघर्षका बारेमा लेखिएका लेखहरूको सङ्ग्रह ‘लोकतान्त्रिक समाजवादका भाष्यकार प्राडा. यज्ञप्रसाद अधिकारी’ पुस्तकको विमोचन कार्यक्रममा थापाले अब विदेश जानु नपर्ने दाबी गरेका हुन्।

पूर्व स्वास्थ्यमन्त्री समेत रहेका महामन्त्री थापाले भने, ‘हामी लामो समय सत्तामा रहेका नाताले पनि यो दाबी गर्न सक्छौं कि अहिले कुनै पनि रोगका लागि उपचारमा विदेश जानुपर्ने अवस्था छैन।’ कार्यक्रममा काँग्रेस नेता गुरु घिमिरेले प्राडा. अधिकारीको योगदानलाई सम्मान गर्दै उनको लोकतान्त्रिक समाजवादको सिद्धान्तमा देश अगाडि बढेको बताए।

प्रकाशित मिति : २०८१ पुष १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस