२०८३ असोज २८ गते बुधवार | 2026 October 14th Wednesday

देउवाको नाममा गठबन्धन सरकारबारे अन्योल सिर्जना, के हो सत्य?

Kp Sharma Oli with Sher Bahadur deuba

नेपाली कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवाको नामबाट जारी गरिएको मिथ्या प्रेस विज्ञप्तिका कारण गठबन्धन सरकारबारे अन्योल सिर्जना गर्ने प्रयास भएको भन्दै गम्भीर ध्यानाकर्षण व्यक्त गरेको छ।

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी गरिएको ध्यानाकर्षण पत्रमा भनिएको छ, “नेपाली राजनीतिलाई तरङ्गित गर्ने र जनतालाई दिगभ्रमित गर्ने कुत्सित मनसायबाट नक्कली प्रेस वक्तव्य सामाजिक सञ्जालमा फैलाइएको छ, जसमा पार्टी सभापतिको नाम प्रयोग गरिएको छ।”

कांग्रेसले हतास मनस्थितिमा भएका यस्ता घृणित कार्यको निन्दा गर्दै कानूनी कारबाही गर्न सरकारसँग जोडदार माग गरेको छ। साथै, यस्ता भ्रमित गतिविधिबाट प्रभावित नहुन सबैलाई आग्रह गरिएको छ।

 

प्रकाशित मिति : २०८१ पुष २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस