२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

रवि लामिछानेको थुनामुक्तपछि प्रतिक्रिया: “यो देशमा न्याय मरेको छैन”

Rabi Lamichhane's Response After Release 'Justice Is Not Dead in This Country

२ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले थुनामुक्त भएकोपछि न्यायको प्रक्रियामा विश्वास व्यक्त गरेका छन्। जिल्ला अदालत काठमाडौंले उनलाई ६० लाख रुपैयाँ धरौटीमा रिहा गरेको थियो। रिहा भएपछि उनले अदालतप्रति गहिरो सम्मान व्यक्त गर्दै न्यायप्रेमी जनता र न्यायलयलाई धन्यवाद दिए।

लामिछानेले भने, “सबैलाई धेरै धन्यवाद। म न्याय प्रक्रियामा सहयोग गर्न आएको थिएँ र अदालतको निर्णयलाई सम्मान गर्दछु। न्यायलय र न्यायप्रेमी नागरिकलाई विशेष धन्यवाद। यो देशमा न्याय मरेको छैन भन्ने मेरो विश्वास कायम छ।”

रविलाई २ कात्तिकमा सहकारीको रकम अपलचन गरेको आरोपमा पक्राउ गरिएको थियो। त्यहाँबाट ६५ लाख रुपैयाँ धरौटीमा उनी छुटेका थिए।

आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका लामिछानेको थुनछेक बहस आज समाप्त भएको छ।

प्रकाशित मिति : २०८१ माघ २ गते बुधवार
प्रतिक्रिया दिनुहोस