२०८३ असोज २८ गते बुधवार | 2026 October 14th Wednesday

उपनिर्वाचनको नतिजाले हौसिएका प्रचण्ड भन्छन्ः आउँदो निर्वाचनमा माओवादी पहिलो दल बन्छ

पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुले आगामी निर्वाचनमा आफ्नो पार्टी पहिलो दल बन्ने दाबी गरेका छन्। मोरङको ग्रामथान गाउँपालिकामा आयोजित धन्यवाद तथा खबरदारी सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो दाबी गरेका हुन्।

उनले भने, ‘हामी १ सय २२ ठाउँमा स्थानीय तहमा जितेका थियौं। गएको उपनिर्वाचनमा ग्रामथानले त्यसलाई १ सय २३ ठाउँ पुगेको छ। अब त्यो १ सय २३ लाई हामी २ सय ५० बनाउनेछौं। अबको निर्वाचनमा माओवादी पहिलो दल बन्नेछ, यसमा कसैले रोक्न सक्दैन।’ गत मंसिर १५ मा भएको उपनिर्वाचनले जनतामा माओवादीप्रति उत्साह जगाएको भन्दै प्रचण्डले ०८४ को निर्वाचनमा पहिलो दल बन्ने विश्वास व्यक्त गरेका हुन्।

प्रकाशित मिति : २०८१ माघ ५ गते शनिवार
प्रतिक्रिया दिनुहोस