२०८३ असोज २८ गते बुधवार | 2026 October 14th Wednesday

दल खोलेपछि पहिलोपटक गृहजिल्ला पुगेका भीम रावलले के भने?

नेकपा एमालेबाट कारबाहीमा परी साधारण सदस्यसमेत नरहने गरी निष्कासित भएपछि, भीम रावल आफ्नो गृह जिल्ला अछाम पुगेका छन्।

शनिबार बिहान साँफेबगरमा आयोजित कोणसभामा रावलले सशक्त मुलधारको वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने घोषणा पनि गरेका छन्। रावलले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि आवाज उठाउनेलाई पार्टीबाट हटाइदिने प्रवृत्ति रहेको आरोप लगाउँदै ओलीमा निरंकुशता र तानाशाही प्रवृत्ति व्याप्त भएको आरोप लगाएका छन्।

उनले नेपालमा कुनै पनि तानाशाह बचेको इतिहास नभएको स्मरण गराउँदै ओलीलाई स्वच्छाचारी निर्णयहरू जनताले मान्छन् भनेर सपना नदेख्न चेतावनी दिए। अछाममा बोल्दै रावलले देशभित्र र बाहिर बस्ने धेरै नेपालीहरू आफ्नो नयाँ राजनीतिक यात्रामा संगठित हुने प्रतिबद्धता जनाएको दाबी गरे। आफू एमालेको सदस्य बनेको ४९ वर्ष पुगेको सुनाउँदै पार्टीबाट निकाल्दा दुःख लागेको बताए।

नेता रावलले निरंकुशता, स्वच्छाचारीता र तानाशाही प्रवृत्तिको आहालमा डुबेका व्यक्तिहरूको विकल्प शक्तिको निर्माण परिवर्तनकारी युवाहरूले चाहेको भन्दै, त्यसको नेतृत्व आफूले गर्ने प्रतिज्ञा गरे। उनलेआउँदा पस्ताका लागि काम गर्नुपर्ने तर्क गरेका छन्। यसपटक रावललाई एमालेको सूर्य झण्डाले नभई देशको राष्ट्रिय झण्डाले स्वागत गरिएको छ।

प्रकाशित मिति : २०८१ माघ ५ गते शनिवार
प्रतिक्रिया दिनुहोस