२०८३ असोज २८ गते बुधवार | 2026 October 14th Wednesday

वामदेव गौतम एमालेमा फर्कने पक्का, अरु को–को आउँछन?

नेता वामदेव गौतमले आफूसहित नेकपा एकता राष्ट्रिय अभियानको ठूलो समूह एमालेमा प्रवेश गर्ने र केही सदस्य माओवादी केन्द्रमा जानेसम्मको योजना बताएका छन्। आइतबार प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बालुवाटार निवासमा भएको भेटमा गौतमले अब आफू पक्का एमालेमा फर्किने बताएका छन्।

गौतमका अनुसार, प्रधानमन्त्री ओलीले छिटै मिति, समय र स्थानको जानकारी दिनेछन् र बाँकी कुरा त्यही सोध्न भनेका छन्। उनले प्रधानमन्त्रीलाई सुनाउँदा भने, “२ वर्ष भयो मैले प्रयत्न गरेको, तपाईंले वास्तै गर्नुभएन, तर यसपालि बोलाउनुभयो ठिकै छ।”

गौतमका अनुसार, ओलीले उनलाई इतिहास भएको पुरानो नेता भएर फेरि सक्रिय भएर काम गर्ने अपेक्षा राखेका छन्। उनले अब एकीकृत समाजवादीसँग गरेका वार्ताका औचित्यलाई सकिएको भन्दै एमालेमै लाग्ने निर्णय गरेको जनाएका छन्। माधव नेपालसँगको कुराकानी भए पनि एकीकृत समाजवादीबाट केही आशंका व्यक्त भएको भन्दै गौतमले अब यी कुरालाई छाडिदिनुपर्ने बताएका छन्।

प्रकाशित मिति : २०८१ माघ ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस