काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगीमा पूर्वडीआईजी छविलाल जोशीलाई ५० लाख धरौटी माग गरिएको छ। सोमबार काठमाडौं जिल्ला अदालतले यस्तो आदेश दिएको हो।
यसअघि कास्कीमा उनले ८८ लाख धरौटीमा रिहा भएका थिए। सहकारीले ६९० बचतकर्ताको १ अर्ब १९ करोड रुपैयाँ हिनामिना गरेको आरोप छ। सुनिता नेवा र कमल लामा क्रमशः चार र तीन लाख धरौटीमा रिहा भए। रवि लामिछाने ६० लाख धरौटीमा रिहा भएका थिए ।
प्रकाशित मिति : २०८१ माघ ७ गते सोमवार

