२०८३ भाद्र १८ गते बिहिवार | 2026 September 3rd Thursday

माघ १८ मा संसद बैठक बोलाउने सरकारको निर्णय

सरकारले माघ १८ गते संघीय संसदको दुवै सदनको बैठक बोलाउन राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गरेको छ। सोमबारको मन्त्रिपरिषद् बैठकले शुक्रबार दिउँसो १ बजे संसद बैठक बोलाउन सिफारिस गर्ने निर्णय गरेको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बैठक बोलाउनुअघि सभामुख देवराज घिमिरेसँग छलफल गरेका थिए। यस छलफलमा संसद अधिवेशन बोलाउने र संसदमा के कस्ता विषय प्रस्तुत गर्न सकिने भन्ने विषयमा चर्चा भएको थियो। संसद बैठक नबस्दा विपक्षी दलहरूले सरकारमाथि दबाब बनाइरहेका थिए।

प्रकाशित मिति : २०८१ माघ ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस