२०८३ साउन १३ गते बुधवार | 2026 July 29th Wednesday

वीर्य दान गरेर ३२ वर्षमै १०० बच्चाका पिता

अमेरिकाका ३२ वर्षीय काइल गार्डीले १०० बच्चाको पिता बन्ने लक्ष्य हासिल गर्न लागेको घोषणा गरेका छन्। उनले हालसम्म ८७ बच्चाका जैविक पिता बनेका छन्, र २०२५ को सुरुमा १०० सन्तानको रेकर्ड तोड्ने तयारीमा छन्। यो रेकर्ड विश्वका मात्र तीन पुरुषले राखेका छन्।

गार्डीका अनुसार, “यति धेरै बच्चाहरूको बुबा बन्न पाउँदा खुशी लाग्छ,” उनले जाम प्रेसलाई भने। “महिलाहरूलाई परिवार सुरु गर्न मद्दत गर्न पाउँदा म गर्वित छु, र जबसम्म महिलाहरूलाई मेरो सहयोगको आवश्यकता हुन्छ, म दान गर्न जारी राख्नेछु।”

काइलले “बी प्रेग्नेन्ट नाउ” वेबसाइट मार्फत नि:शुल्क शुक्राणु दान सेवा प्रदान गर्दै इङ्गल्याण्ड, स्वीडेन, नर्वे र स्कटल्याण्डमा १४ बच्चाका पिता बनेका छन्। उनले इन्स्टाग्राममा ३ हजारभन्दा बढी फलोअर्स पनि पाएका छन्।

अहिले काइल विश्वभर यात्रा गर्दैछन्, र आगामी वर्षहरूमा जापान, आयरल्याण्ड, र कोरियामा पहिलोपटक शुक्राणु दान गर्ने योजना बनाएका छन्। उनले २०२6 सम्म प्रत्येक देशमा आफ्नो बच्चा हुने सम्भावना व्यक्त गरेका छन्।

व्यक्तिगत जीवनमा काइल अविवाहित रहेका छन् र ८ महिने सम्बन्धपछि अनिका फिलिपसँगको प्रेमसम्बन्ध टुटेको छ। यद्यपि, उनले भने, “यदि माहोल सही छ भने, म कहिल्यै स्थायीरूपमा सर्न सक्दछु, र त्यसका लागि आयरल्याण्ड राम्रो विकल्प हुन सक्छ।”

प्रकाशित मिति : २०८१ माघ ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस