२०८३ असोज ६ गते मङ्गलवार | 2026 September 22nd Tuesday

क्रिकेटर सन्दीप लामिछाने अस्पताल भर्ना

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने अस्पताल भर्ना भएका छन् । उनको हर्नियाको सफल शल्यक्रिया गरिएसँगै अस्पताल मै भर्ना भएका हुन् । उनले केही समयदेखि हर्नियाको समस्या झेल्दै आएका थिए।

बालाजुस्थित सिल्भरलाइन अस्पतालमा डा. दिपक शर्मा नेतृत्वको टोलीले करिब डेढ घण्टामा शल्यक्रिया सम्पन्न गरेको हो। सन्दीपलाई पुरै बेहोश पारेर शल्यक्रिया गरिएको थियो।

अस्पतालका अनुसार, सन्दीपलाई ४र५ दिन अस्पतालमा बस्नुपर्नेछ र उनी कम्तिमा एक महिना मैदान बाहिर रहनेछन्। हर्नियाको समस्या ढिलाइ गर्दा आन्द्रा कुहिन सक्ने चिकित्सकहरू बताउँछन्।

प्रकाशित मिति : २०८१ माघ ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस