२०८३ असोज ५ गते सोमवार | 2026 September 21st Monday

धरौटी माग्ने अदालतको आदेश खारेज माग्दै रवि लामिछाने उच्च अदालत गए

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जिल्ला अदालत कास्कीको आदेशप्रति असन्तुष्टि जनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उच्च अदालत पोखरा पुगेका छन्।

जिल्ला अदालतले पुस २५ मा रविलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिए पनि रविले साधारण तारेखमा छाड्न माग गर्दै उच्च अदालतमा निवेदन दिएका हुन्। यता, उच्च सरकारी वकिलको कार्यालयले उनलाई थुनामै राखेर अनुसन्धान गर्न निवेदन दिएको छ। उच्च अदालतले धरौटीमा छाड्नुको कारण पेश गर्न आदेश गरिसकेको छ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा २८ करोड बिगो दाबीसहित रवि, पूर्व डिआइजी छविलाल जोशी, लिला पछाईँ, र अन्य ६३ जनामाथि मुद्दा दायर गरिएको छ। ठगी, संगठित अपराध, र सम्पत्ति शुद्धीकरणको आरोपमा उनीहरूमाथि कानुनी प्रक्रिया अगाडि बढ्दैछ।

 

प्रकाशित मिति : २०८१ माघ १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस