२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

सहकारी ठगीमा रवि र प्रभु बैंकबीचको साँठगाँठ खोज्दै बस्नेत, के छ आरोप?

नेकपा एमालेका नेता महेश बस्नेतले सहकारी ठगीमा संलग्न रवि लामिछानेको ग्यारेन्टी बस्ने प्रभु बैंकमाथि गम्भीर प्रश्न उठाएका छन्। सामाजिक सञ्जालमार्फत उनले प्रभु बैंकले बिना धितो ठूलो रकम लोन दिने र रवि लामिछाने, गोर्खा मिडिया र जिबी राईसँगको सम्बन्धमा छानबिन गर्न आग्रह गरेका छन्।

बस्नेतले सोधे, “गरिब युवाहरूले व्यवसाय गर्छु भन्दा पाँच लाख नपत्याउने ! सरकारले सर्टिफिकेट र परियोजना धितो राखेर युवाहरूको रोजगारीको निमित्त ९ वटा सेक्टरमा १५ लाख देखी २ करोड लोन प्रवाह गर भन्दा नटेर्ने वाणिज्य बैंकहरुले रातारात बिना धितो २ करोड २५ लाख किन उपलब्ध गराइरहेको छ ?”

उनले थप्दै भनेका छन्, “प्रभु बैंक र रवि लामिछाने बीचको कनेक्सन के हो ? प्रभु बैंक र गोर्खा मिडिया सँगको कनेक्सन के हो ? विभिन्न सहकारीबाट पैसा ठगेर ग्यालेक्सी टेलिभिजन सञ्चालन गर्ने गोर्खा मिडिया जिबी राई र रवि लामिछानेलाई संरक्षण किन गर्दैछ प्रभु बैंक ? केही न केही गलत र अपराधिक कर्ममा इनीहरूको साठगाठ हुनुपर्छ ! यसको बारेमा सही छानबिन गरी कर्बाही गर्न आवश्यक छ।”  उनले सरकारलाई तत्काल छानबिन गर्न माग गरेका छन्।

प्रकाशित मिति : २०८१ माघ १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस