२०८३ भाद्र १७ गते बुधवार | 2026 September 2nd Wednesday

प्रतिनिधि सभा बैठकको कार्यसूची निर्धारण, यी ६ अध्यादेश पेस हुने

प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिले आगामी शुक्रबार हुने प्रतिनिधि सभा बैठकको कार्यसूची निर्धारण गरेको छ। सभामुख देवराज घिमिरेको अध्यक्षतामा मङ्गलबार बसेको समितिको बैठकले आगामी बैठकमा पेस हुने सम्भावित ६ वटा अध्यादेशहरूको सूची तय गरेको हो।

उक्त बैठकमा पेस हुने ६ अध्यादेशहरू तल प्रस्तुत छन्:

‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’
‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’
‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१’
‘निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१’
‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’
‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’

प्रकाशित मिति : २०८१ माघ १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस