२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

२९ वटा कानुनमा संशोधन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएका विभिन्न अध्यादेशप्रति सकारात्मक प्रतिक्रिया प्राप्त भएको र देशलाई उन्नतस्तरमा पुर्याउने प्रयासमा सरकार अग्रसर रहेको बताउनुभयो।

मङ्गलबार एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उहाँले युवाहरुलाई स्वदेशमा काम गर्ने वातावरण दिने, जनताको सेवामा प्रभावकारिता ल्याउने र उद्योग–व्यवसायलाई सहज बनाउन अध्यादेश ल्याएको स्पष्ट गर्नुभयो। २९ वटा कानुनमा संशोधन भएको र छिट्टै प्रतिस्थापन विधेयक ल्याएर स्थायी कानुन बनाउने योजना रहेको पनि उहाँले बताउनुभयो।

प्रधानमन्त्री ओलीले सांसदहरुलाई संयमित र जिम्मेवार भएर सदनमा प्रस्तुत हुन आग्रह गर्दै गलत आरोप र भ्रमको सशक्त प्रतिवाद गर्न निर्देशन दिनुभयो। उहाँले नेपालको छिमेकीसँग सन्तुलित र मित्रतापूर्ण सम्बन्ध सुदृढ गर्ने र अन्तर्राष्ट्रिय सम्बन्धलाई दृढ बनाउने कुरामा ध्यान दिनुभएको छ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेल र सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले ल्याएका अध्यादेश र कानुन संशोधनको आवश्यकताबारे बैठकमा प्रकाश पारेका थिए।

प्रकाशित मिति : २०८१ माघ १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस