२०८३ असोज ६ गते मङ्गलवार | 2026 September 22nd Tuesday

प्रेमीले अर्कैसँग विवाह गर्न खोजेपछि प्रेमिकाले हंगामा मच्चाइन्

लिभ–इन रिलेशनशिपमा रहेकी एक युवतीले प्रेमीले अर्कैसँग विवाह गर्न लागेको थाहा पाएपछि हंगामा मच्चाइन्। उनले प्रेमीले विवाह गर्न लागेका केटीको घरमै पुगेर हुन लागेको विवाह रोकिदिइन्। यो रोचक घटना भारतको उत्तर प्रदेश, अमरोहामा भएको हो।

प्रेमिकाले हुने वधुलाई भेटेर आफू हुँदा अरू कसैसँग विवाह गर्न नदिने स्पष्ट बताइन्। उनको कुरा सुनेपछि वधुपक्षले विवाह तोड्यो, जसका कारण फेब्रुअरी ७ मा तय गरिएको विवाह रद्द भयो। विवाह तोडिएपछि केटापक्षले केटीको परिवारलाई २ लाख भारतीय रुपैयाँ जरिवाना तिर्नुपर्‍यो।

दुई वर्षदेखि प्रेममा रहेका ती युवकले प्रेमिकालाई विवाहको प्रस्ताव राखेका थिए। तर उनले अस्वीकार गरेपछि युवकले बिजनौरकी अर्की युवतीसँग विवाह गर्ने निर्णय गरेका थिए। प्रेमिकाले यसको जानकारी पाएपछि युवकको परिवारलाई सबै सत्य बताइन्, जसले विवाह रोकियो।

अन्ततः परिवारले युवकले अब पहिलेकै प्रेमिकासँग विवाह गर्ने निर्णय गरेका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार यस घटनामा कुनै कानुनी कारबाही भएको छैन।

प्रकाशित मिति : २०८१ माघ १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस