२०८३ असार १४ गते आइतवार | 2026 June 28th Sunday

क्यानडाको प्रधानमन्त्रीका लागि भारतीय मूलका चन्द्र आर्यको उम्मेदवारी, हुन् हिन्दूका कट्टर समर्थक

Indian-Origin Chandra Arya Announces Candidacy for Canadian Prime Minister, Known as a Strong Supporter of Hindus

ओटावा । क्यानडाका सांसद चन्द्र आर्यले भारतीय मूलबाट पहिलो पटक प्रधानमन्त्री पदका लागि उम्मेदवारी दिएका छन्। कर्नाटकको तुमकुर जिल्लाबाट आएका आर्य हाल नेपियन क्षेत्रका सांसद हुन्। उनले आफ्नो कन्नड भाषी पहिचानमाथि गर्व गर्दै संसदमा कन्नड भाषामा सम्बोधन गरेका थिए। सामाजिक सञ्जालमा उनले क्यानडाको संरचनात्मक चुनौती समाधानका लागि साहसी राजनीतिक निर्णय आवश्यक रहेको बताएका छन्।

इन्जिनियरिङ र फाइनान्स पृष्ठभूमिका आर्य २०१५ देखि सांसद छन् र क्यानडाको हिन्दू समुदायका मुखर समर्थक मानिन्छन्।

प्रकाशित मिति : २०८१ माघ ५ गते शनिवार
प्रतिक्रिया दिनुहोस