२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

अछाममा दुई किशोरीको मृत्यु प्रकरण : यौनसम्पर्क प्रस्ताव नमान्दा ढुङ्गाले हानेर हत्या !

१९ माघ , काठमाण्डौँ । अछामको ढकारी गाउँपालिका–८, पल्साँताका १४ वर्षीय इशरा खड्का र १५ वर्षीय सरस्वती खड्काको मृत्यु प्रकरणमा शारीरिक सम्पर्कको प्रस्ताव अस्वीकार गर्दा हत्या भएको खुल्न आएको छ ।

मायाको चिनो चुन्नी माग्दा नदिएको, शारीरिक सम्पर्कको प्रस्ताव अस्वीकार गर्दा हत्या भएको उल्लेख छ । प्रहरीले दुई किशोरीको हत्या प्रकरणमा १५ र १७ वर्षका दुई जना बालक पक्राउ परेका छन् ।

प्रहरीका अनुसार उनीहरु प्रेमि, प्रेमिका हुन् । यही विषयमा विवाद भई दुई किशोरीको हत्या भएको प्रहरीको निष्कर्ष छ । बाख्रा चराउनका गएका दुई किशोरीको अघिल्लो शुक्रबार हत्या भएको हो ।

प्रकाशित मिति : २०८१ माघ १९ गते शनिवार
प्रतिक्रिया दिनुहोस