उत्तर प्रदेशको प्रयागराजमा जारी महाकुम्भ मेलामा २८ जनवरीको रात १:३० बजे भागदौड मच्चिएको थियो। सरकारी तथ्यांक अनुसार ३० जनाको मृत्यु भएको र ६० जना घाइते छन्। तर दैनिक भास्करको अनुसन्धानले मृतकको संख्या ४९ भन्दा १०० पुगेको दाबी गरेको छ। रिपोर्टका अनुसार, महाकुम्भ क्षेत्रको संगम नोज, ओल्ड जीटी रोड र ऐरावत द्वारमा तीन स्थानमा भागदौड भएको र अन्य स्थानहरूमा थप शव फेला परेको हो।
एम्बुलेन्स चालकहरूले ९० देखि १०० शव अस्पताल पुर्याएको दाबी गरेका छन्। रिपोर्ट अनुसार, शवहरू देशभरका विभिन्न स्थानहरूमा फेला परेका छन्। प्रशासनले केवल संगम नोज क्षेत्रको मृतक संख्या स्वीकार गरे पनि अन्य स्थानका मृतकहरूको संख्या गन्दा ५९ पुगेको दावी गरिएको छ। यसरी राज्यमा शासन चलाइरहेको योगी आदित्यनाथ सरकारले मृतकको सही आँकडा लुकाएको आरोप लागेको छ।
प्रकाशित मिति : २०८१ माघ १९ गते शनिवार

