२०८३ असोज २८ गते बुधवार | 2026 October 14th Wednesday

जब उच्च रक्तचापले बैठकमै ढले सांसद…

काठमाडौं । राष्ट्रिय सभा बैठक चलिरहँदा एक जना सांसद उच्च रक्तचापका कारण बैठकमै ढलेका छन्। संघीय संसद् सचिवालय स्रोतका अनुसार बैठकमा पुगेका नेपाली कांग्रेसका सांसद नारायणदत्त भट्ट बैठकमा ढलेका हुन्। उनी उच्च रक्तचाप र सुगरका बिरामी हुन्। उनले आजको बैठकमा बोल्नका लागि नाम समेत टिपाएका थिए।

भट्ट अस्वस्थ भएपछि राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले कांग्रेस सांसद विष्णुकुमारी सापकोटालाई बोल्ने समय दिए। ‘माननीय नारायणदत्त भट्ट अस्वस्थ भएका कारणले सम्बन्धित दलबाट माननीय विष्णुकुमारी सापकोटाले बोल्ने कुरा भएकाले उहाँ माननीयलाई समय दिन्छु,’ दाहालले भने।

अहिले उनको संसद् भवनभित्रै उपचार भइरहेको छ। ‘राष्ट्रियसभाको स्वास्थ्य कक्षमा माननीयज्यूको उपचार भइरहेको छ,’ स्रोतले भन्यो।

प्रकाशित मिति : २०८१ माघ २० गते आइतवार
प्रतिक्रिया दिनुहोस