काठमाडौं । प्रधानमन्त्रीको निवास बालुवाटारमा अपरान्ह ५ बजे बस्ने तय भएको मन्त्रिपरिषद् बैठक ढिला सुरु भएको छ। यसअघि, सिंहदरबारमा अपरान्ह ४ बजे बस्ने भनिएको बैठकको समय र स्थान परिवर्तन भएको थियो। आजको बैठकमा सरकारका नियमित काम कारबाही तथा समसामयिक विषयहरूमा छलफल हुने बताइएको छ।
प्रकाशित मिति : २०८१ माघ २१ गते सोमवार

