२०८३ भाद्र १७ गते बुधवार | 2026 September 2nd Wednesday

प्रधानमन्त्री ओली : निरोगी नेपालका लागि व्यापक प्रयास

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले निरोगी नेपालका लागि व्यापक प्रयास गरिरहेको बताएका छन्। मङ्गलबार देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको (एचपिभी) खोपको शुभारम्भ गर्दै उनले नेपालीहरू बिरामी नपरोस् भन्ने उद्देश्यले अभियान सञ्चालन गरिएको जानकारी गराए।

प्रधानमन्त्री ओलीले स्वस्थ र सन्तुलित खानाले मात्र शरीर निरोगी रहने उल्लेख गर्दै खानपानदेखि स्वास्थ्य नीतिसम्म ध्यान दिइरहेको बताए। “हामीले निरोगी नेपालको नारा लिएका छौँ। मानिस बिरामी नै नहोस्, स्वस्थ रहोस् भनेर बहुआयामिक प्रयास गरिरहेका छौँ,” उनले भने।

प्रधानमन्त्री ओलीले सन् २०३० सम्म पाठेघरको क्यान्सरविरुद्धको अभियानलाई पूर्ण रूपमा सफल बनाउने प्रतिबद्धता जनाएका छन्।

 

प्रकाशित मिति : २०८१ माघ २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस