२०८३ असोज २८ गते बुधवार | 2026 October 14th Wednesday

एकताबद्ध भएर पार्टीलाई सुदृढ बनाऔं: सभापति देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका नेता तथा कार्यकर्तालाई एकताबद्ध भएर संगठन सुदृढ गर्न आग्रह गर्नुभएको छ।

नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा पोखरामा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै देउवाले मनमुटाव त्यागी कांग्रेसलाई एकढिक्का बनाउनुपर्नेमा जोड दिनुभयो।

उहाँले बहुमत हासिल गर्न पार्टी एकता आवश्यक रहेको बताउँदै, नेपाली कांग्रेस र नेकपा (एमाले) बीचको सहकार्यबारे स्पष्ट पार्नुभयो। “हामी मुख्य प्रतिस्पर्धी हौं, तर पनि केपी ओलीबाट अविश्वास गर्नुपर्ने अवस्था छैन,” उहाँले भन्नुभयो।

कार्यक्रममा कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले पार्टी संगठनलाई प्रभावकारी बनाउन प्रशिक्षण अभियानलाई तीव्र बनाइने बताउनुभयो। नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले कांग्रेसलाई उद्यमशीलतासँग जोड्नुपर्नेमा जोड दिनुभयो।

बुधबार समापन हुने कार्यक्रममा पार्टीका केन्द्रीय नेताहरूले प्रशिक्षण दिनेछन्, जसमा करिब २०० जना सहभागी छन्।

प्रकाशित मिति : २०८१ माघ २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस