२०८३ भाद्र १७ गते बुधवार | 2026 September 2nd Wednesday

विपिनको रिहाइबारे इजरायली राष्ट्रपति के भन्छन्? नेपाली राजदूतसँग संवाद

इजरायलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितले इजरायलका राष्ट्रपति इसहाक हर्जोगसँग टेलिफोन संवाद गरेका छन्।

परराष्ट्र मन्त्रालयका अनुसार मंगलबार अपराह्न भएको संवादमा राष्ट्रपति हर्जोगले हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीसहित अन्यको उद्धारका लागि इजरायलले सबै प्रयास गरिरहेको बताए।

गत असोज २१ गते हमासले इजरायलमा हमला गर्दा १० नेपाली मारिएका थिए। हमासको आक्रमण भएको गाजा नजिकैको किबुज अलुमिमस्थित बंकरमा रहेका १६ नेपालीमध्ये १० मारिएका थिए, भने विपिन जोशी बन्धक बनाइएका थिए।

हमासको ग्रिनेड हमलामा घाइते भएका धनबहादुर चौधरीका अनुसार जोशीले ग्रिनेड बाहिर फ्याँकेपछि लडाकुहरुले उनलाई कब्जामा लिएका थिए। चौधरीसहित अन्य नेपाली विद्यार्थीलाई पछि विशेष विमानमार्फत नेपाल ल्याइएको थियो।

प्रकाशित मिति : २०८१ माघ २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस