चितवन जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान सकिएको छ। न्यायाधीश दयाराम ढकालको इजलासमा परेको उनले सहारा चितवन सहकारी ठगी प्रकरणमा बयान दिएका थिए। उनका बयानपछि थुनछेक बहस सुरु भएको अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिएका छन्।
लामिछानेविरुद्ध सहकारी ठगीको अभियोग छ, र सरकारी वकिलका तर्फबाट थुनछेक बहस सुरु भएको छ। सरकारी वकिलहरु रवि न्यौपाने, बुद्धबहादुर थापा र अमृत सुवेदीले बहस गरिरहेका छन्।
लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्तसहित १० जना वकिलहरूले बहस गर्नेछन्।
यसअघि लामिछाने कास्की, काठमाडौं र रुपन्देही जिल्लाका अदालतबाट ठगी मुद्दामा धरौटीमा छुटेका थिए। चितवन जिल्लामा १५ जना प्रतिवादीको मुद्दा दर्ता भएको छ।
सहकारी ठगी प्रकरणमा लामिछानेसँगै छविलाल जोशी, रामबहादुर खनाल र अन्य १३ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ।

