२०८३ भाद्र १७ गते बुधवार | 2026 September 2nd Wednesday

रविको थुनछेक बहस सकियो, अदालतले के आदेश दियो?

साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम अपचलनको मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरूद्धको थुनछेक बहस आजका लागि सकिएको छ।

चितवन जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालको इजलासमा उक्त मुद्दा हेर्दाहेर्दै राखिएको हो। सभापति लामिछानेलाई चितवन जिल्ला अदालतले न्यायिक हिरासतमा पठाएको छ। आज अदालतमा सुरु भएको बयान र थुनछेक बहस नसकिएपछि उनलाई प्रहरीको जिम्मा लगाइएको हो।

रवि लामिछानेलाई भोलि (बिहीबार) १० बजे अदालतमा उपस्थित हुनेगरी न्यायिक हिरासतमा पठाउने आदेश दिएका छन्।

जाहेरवालाको तर्फबाट अधिवक्ता रमेश काफ्लेले बहस गरेपछि बुधबारका लागि बहस सकिएको हो। सरकारी वकिलको तर्फबाट जिल्ला न्यायाधिवक्ता रवि न्यौपाने, सहायक न्यायाधिवक्ता अमृत सुवेदी र बुद्धबहादुर थापासहित ३ जनाले बहस गरेका थिए। सहकारी पीडितको तर्फबाट वरिष्ठ अधिवक्ता राजकुमार श्रेष्ठ, सुनिता अधिकारी र शम्भु बर्तौलाले बहस गर्ने तयारी गरेका छन्।

प्रकाशित मिति : २०८१ माघ २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस