२०८३ साउन १३ गते बुधवार | 2026 July 29th Wednesday

वडाध्यक्षले माइक समातेपछि गाउँलेको निन्द्रा उड्यो, रोचक कारण

दैलेखको डुंगेश्वर गाउँपालिका–१ का वडाध्यक्ष श्याम रानाले फेरि भूकम्प आउने भन्दै माइकिङ्ग गरेपछि प्रशासनले उनलाई सोधपुछका लागि बोलाएको छ।

मंगलबार साँझ ४.४ म्याग्निच्युडको भूकम्पपछि उनले नागरिकलाई सतर्क रहन आग्रह गर्दै माइकिङ्ग गरेका थिए। तर, यो भिडियो भाइरल भएपछि धेरैले डरले रातभर बाहिरै बसेका थिए।

प्रमुख जिल्ला अधिकारी नमराज जैसीले नागरिकमा भ्रम फैलाएको भन्दै वडाध्यक्षलाई स्पष्टिकरणका लागि बोलाएको बताएका छन्।

प्रकाशित मिति : २०८१ माघ २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस