२०८३ भाद्र १७ गते बुधवार | 2026 September 2nd Wednesday

सानदार म:म पसलमा सिलिन्डर विष्फोट, दर्जनभन्दा बढी घाइते

काठमाडौंको कमलपोखरीस्थित सानदार म:म पसलमा आज बिहान ग्याँस सिलिन्डर विष्फोट हुँदा १४ जना घाइते भएका छन्। बिहान पौने ९ बजेतिर भएको विष्फोटमा घाइतेमध्ये ११ जनालाई अस्पताल पठाइएको छ भने तीन जनाको अवस्था सामान्य छ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी शेखर खनालका अनुसार घाइतेहरू सोही पसलका कामदार हुन्। उदयपुरका २४ वर्षीय संजोग मगरको अवस्था गम्भीर रहेको छ भने पाँच जना कीर्तिपुर बर्न अस्पतालमा उपचाररत छन्।

विष्फोटपछि घरको सिलिङ भत्किएको छ। घटनास्थलमा नेपाल प्रहरीको विपद् व्यवस्थापन टोली र मालीगाउँ प्रहरी परिचालन गरिएको छ।

प्रकाशित मिति : २०८१ माघ २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस