२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

संसदमा *पाथीभरा केबलकार विवादबारे बोले प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारमाथि मुकुम्लुङ (पाथीभरा)मा स्थानीयविरोधी दमनको बाटो रोजेको आरोप लगाएका छन्।

बिहीबार संसदमा बोल्दै प्रचण्डले पाथिभरा र मुकुम्लुङको विवादको समाधान संवाद र समझदारीमार्फत गर्नुपर्नेमा सरकारले बल प्रयोग गरेको उल्लेख गरेका हुन्।

उनले भने, ‘पाथीभरा र मुकुम्लुङको प्रश्‍न पनि छ। त्यो विवादमा सरकारले सिधैं जनतामाथि बल प्रयोग गर्नुभयो। त्यहाँको संवेदनशीलतालाई बुझेर संवाद र समझदारीबाट समाधान खोज्‍नुपर्नेमा दमनको बाटो रोज्‍ने प्रयास गरियो। ‘

प्रकाशित मिति : २०८१ माघ २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस