२०८३ असोज २८ गते बुधवार | 2026 October 14th Wednesday

कांग्रेसलाई प्रचण्डको प्रश्न : केपी ओलीकै ठाउँमा पुगेको हो ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सञ्जालसम्बन्धी विधेयकमा नेपाली कांग्रेसको आधिकारिक धारणा मागेका छन्।

प्रतिनिधिसभा बैठकमा बोल्दै प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचनासँगै कांग्रेसलाई प्रश्न गरे, ‘के तपाईंहरू सत्ताको लागि मात्रै सहकार्यमा हुनुहुन्छ, कि राजनीतिक दृष्टिकोण नै परिवर्तन गरेर केपी ओलीकै ठाउँमा पुग्नुभएको हो ?’

उनले ओलीको विधेयकको उद्देश्य जनताको आलोचना, प्रश्न र विवेकलाई दबाउने भएको आरोप लगाउँदै कांग्रेससँग यसको आधिकारिक धारणा स्पष्ट गर्न भनेका हुन्।

प्रकाशित मिति : २०८१ माघ २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस